अाज विश्व बाथरोग दिवस
आज अक्टोबर १२ अर्थात् विश्व बाथरोग दिवस। दिवसको अवसरमा विभिन्न संघसंस्थाले सचेतनामूलक कार्यक्रम गरेका छन्।
बाथ जोर्नी र जोर्नी वरिपरिको तन्तु दुख्ने, सुन्निने र अरराे हुने रोग हाे। बाथ रोग धेरै प्रकारका हुन्छन्। अर्थात् बाथ धेरै रोगहरुको समूह हो। यसले विशेषगरी जाेर्नीमा असर गर्छ। यसले अरु धेरै अंगमा पनि असर गर्छ। कुनै बाथले जोर्नीमा र कुनैले अन्य अंगमा असर गर्छ ।
नेपालमा २० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारका बाथरोग भएको बताइन्छ। धेरैजसोलाई हड्डी खिइएको बाथ छ। बाथरोग दीर्घरोग हो। यो निको हुँदैनन । यसकाे उपचार गरी कम मात्र गर्ने हो। जीवनशैली र खानपानले पनि बाथरोगीको संख्या बढेकाे विशेषज्ञहरूको अनुमान छ।
बाथराेग दिवसकाे अवसरमा ललितपुरस्थित अल्का अस्पतालले पनि विविध जनचेतनामूलक कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम गरेकाे छ। अल्का अस्पतालबाट शुरु भएको प्रभातफेरी पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै अल्कामै पुगेर टुंगिएको थियो।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार