सीमामा स्वास्थ्य सहायता कक्ष
झापा : राेजगारीका सिलसिलामा भारत रहेर घर फर्किनेलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्किनेलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो। ‘मलेरिया देखिए निःशुल्क उपचार गछौँ, उनले भने। यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सीमानाका झुलाघाटमा दशरथचन्द नगरपालिकाको सहयोगमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो।
मंगलबारदेखि स्वास्थ्य सहायता कक्ष सञ्चालानमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको गत आसोज १९ गतेको निर्देशनअनुसार सीमामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो।
सो कक्षमा अहिलेसम्ममा ८५ जनाको रगत परीक्षण गरिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?