सिंहदरबारमा नेत्रज्याेति संघकाे अाँखा शिविर, रक्षामन्त्री पाेखरेलले गराए जाँच
काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल नेत्रज्योति संघले सिंहदरवारभित्र ‘स्क्रिनिङ’ कार्यक्रम गरेको छ। स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र संघको संयुक्त आयोजनामा एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम गरिएको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आँखा जाँच गरेर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले आँखा स्वास्थ्यमा नेपालले ठूलो प्रगति गरेको बताए। ‘पहिले आँखा जँचाउन भारतको सीतापुर जानुपर्थ्यो’, उनले भने, ‘अहिले भारतका ६० प्रतिशत बिरामी हामीकहाँ आउनु गर्वको विषय हो।’

यो वर्ष सिंहदरबारका कर्मचारीलाई आँखा सेवा दिन उद्देश्यले निःशुल्क शिविर राखेको संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले जानकारी दिए। ‘हामीले सिंहदरवारभित्रका कर्मचारीमा पनि समस्या हुनसक्छ भनेर यो शिविर राखेका हौं’, उनले भने। सिंहदरवारभित्र आँखाको शिविर राखिएको यो पहिलोपटक भएको उनले बताए।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले नेपालमा आँखा स्वास्थ्य सेवालाई यहाँसम्म पुर्याउन नेपाल नेत्रज्योति संघले खेलको भूमिका अत्यन्त सह्रानीय रहेको बताए। स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले स्वास्थ्य सेवा दिवसको दिनदेखि सिंहदरबारभित्र ‘हेल्थ डेस्क’ स्थापना गरी कर्मचारीलाई सेवा दिइरहेको जानकारी दिइन्। ‘त्यसकै निरन्तरतास्वरूप अाँखा शिविर हाे’, उनले भनिन्।

बिहीबारकाे शिविरमा जाँच गर्न आएका अधिकांश कर्मचारीमा आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिको डा.विनिता शर्माले बताइन्। ‘कम्युटरमा धेरै समय काम गर्ने भएकाले पनि होला उहाँहरूमा आँखामा हुने सुख्खापन धेरै नै छ’, उनले भनिन्, ‘चस्मा लगाउने कतिले वर्षौँसम्म ‘पावर’ नै जँचाउनुभएको रहेनछ।’
शिविरमा महान्यायाधिवक्ता अग्नि खरेललगायतले पनि अाँखा जँचाएका थिए। आँखा शिविरमा कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य