असुरक्षित गर्भपतन गराउने बढे
काठमाडौं : देशभर असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन्।
पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। मुलुकभर बर्सेनि एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका हुन्।
ती संस्थाले गरेको अध्ययनमा ४२ प्रतिशत मात्र सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुन्छ। कानुनी रूपमा सुरक्षित गर्भपतन शुरु भएको १६ वर्ष पुगिसक्यो। सो अवधिमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गरेको सङ्ख्या करिब दोब्बर पुगेको छ।
२०५९ असोज १० गते यसले कानुनी मान्यता पाएको हाे। हालसम्म सुरक्षित गर्भपतन गराउनेहरू १३ लाख पुगेका छन्। ‘गर्भपतनले कानुनी मान्यता पाएको’ कुरा सर्वसाधारण महिलासम्म जानकारी नहुँदा असुरक्षित गर्भपतन सङ्ख्या बढिरहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सरिता आचार्यले बताइन्।
समुदाय तहमा हुने मृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतनका कारणले भइरहेको छ। पछिल्लो स्वास्थ्य सर्वेक्षणाअनुसार १९ प्रतिशत महिला अनिच्छित गर्भ राख्न बाध्य हुन्छन्।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’