विश्व दृष्टि दिवसको अवसरमा चित्रकला प्रतियोगिता
काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर राजधानीमा चित्रकला प्रतियोगिता (आर्ट कम्पिटिसन) गरिएको छ।
काठमाडौं मेडिकल कलेजको अप्थाल्मोलोजी विभागको आयोजना र प्रोफेसनल सपोर्ट सर्भिस नेपालको सहयोगमा आयाेजित प्रतियोगितामा मेडिकल विद्यार्थी, नर्स एवं चिकित्सकहरू सहभागी थिए ।
‘आँखा स्वास्थ्य सबैका लागि’ नारालाई मुख्य विषयवस्तु बनाएर प्रतियोगिता गराइएको हो। चित्रकलामार्फत् आँखाको महत्त्व झल्काइएकाे आयोजक डा.सबिना श्रेष्ठले बताइन्।
प्रतियोगितामा उत्कृष्ट भएका तीन विद्यार्थी र तीन चिकित्सकलार्इ विश्व दृष्टि दिवस अर्थात् अक्टाेबर ११ मा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने जानकारी दिइयो।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?