विश्व दृष्टि दिवसको अवसरमा चित्रकला प्रतियोगिता
काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर राजधानीमा चित्रकला प्रतियोगिता (आर्ट कम्पिटिसन) गरिएको छ।
काठमाडौं मेडिकल कलेजको अप्थाल्मोलोजी विभागको आयोजना र प्रोफेसनल सपोर्ट सर्भिस नेपालको सहयोगमा आयाेजित प्रतियोगितामा मेडिकल विद्यार्थी, नर्स एवं चिकित्सकहरू सहभागी थिए ।
‘आँखा स्वास्थ्य सबैका लागि’ नारालाई मुख्य विषयवस्तु बनाएर प्रतियोगिता गराइएको हो। चित्रकलामार्फत् आँखाको महत्त्व झल्काइएकाे आयोजक डा.सबिना श्रेष्ठले बताइन्।
प्रतियोगितामा उत्कृष्ट भएका तीन विद्यार्थी र तीन चिकित्सकलार्इ विश्व दृष्टि दिवस अर्थात् अक्टाेबर ११ मा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने जानकारी दिइयो।








पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री