शिक्षण अस्पताल महाराजगञ्जको निर्देशककाे नाम सिफारिस गर्न सर्च कमिटी
काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगञ्जको निर्देशककाे नाम सिफारिस गर्न सर्च कमिटी गठन गरेको छ । विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा.जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय कमिटी बनाएकाे हो । कमिटीका सदस्यहरुमा प्रा. डा. अभिमन्यु झा र डा. प्रदीप ज्ञवाली रहेका छन् ।
यसअघि गठन भएको सर्च कमिटीले निर्देशकको नाम सिफारिस गर्न नसकेपछि त्रिविले डीन अग्रवालकै संयोजकत्वमा दोस्रोपटक सर्च कमिटी बनाएको हाे । यसभन्दा अघिकाे कमिटीमा प्रा.डा. जीवन शेरचन र डा. रमेशसिंह भण्डारी सदस्य थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?