बालबालिकालार्इ नख्वाउनुस् ‘जङ्क फुड’ अर्थात् पत्रु खाना!
बालबालिकाहरूले मन पराउने र किनेर खाने खाजा चाउचाउ, कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई अति नै हानि गर्छ।
स–साना बाबालिकाको लागि त झनै खराब हुन्छ। किनभने चाउचाउ, कुरकुरे, आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौह तत्व, क्याल्सियम आदि हुँदैन। यस्ता वस्तुहरु बनाउँदा प्रयोग गर्ने मैदाले स्वास्थ्यमा खराब गर्छ। फेरि यस्ता खाना कुहिएको मैदाबाट पनि बनाइएकाे पनि हुन सक्छ।
यस्तो खानेकुरा बनाउने तेल पनि खराब हुन्छ। तेल बारम्बार तताएर चाउचाउ, कुरमुरे पकाइन्छ। यस्तो तेलले क्यान्सर समेत पैदा गर्छ। यसले दाँतलाई पनि खराब बनाउँछ। ‘जङ्क फुड’ अर्थात् पत्रु खानाले स्वास्थ्यलाई नराम्रो असर गर्छ।
पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक वस्तु हो। तर यही पत्रु खाना नै हाम्रा बालबालिकाको पेटमा परेपछि उनीहरूलाई कति खराब गर्दो होला भन्ने आमाबुबाले सोचेका छैनन्।
यसरी पत्रु खानाले बालबालिकालाई शरीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेर नेपाल सरकारले चाउचाउ, चिप्स, कुरकुरे जस्ता वस्तु स्कुलमा खाजा लैजान र बेचबिखन गर्न पनि प्रतिबन्ध लगाएको छ। यसले गर्दा कतिपय स्कुलका शिक्षकशिक्षिकाले बालबालिकालाई घरबाट नै खाजा लिएर आउनुपर्छ भनेर सिकाएका छन्।
अनि बालबालिकाले घरबाट चिउरा, चना, आलु, रोटी आदि लिएर आउन थालेका छन्। तर अझै कतिपय स्कुलहरूमा त शिक्षक र अभिभावकहरूले आफ्ना छोराछोरीले के खान्छन् भन्ने कुरा खासै वास्ता गरेको पाइँदैन। आमाबुबाले छाेराछाेरीलार्इ खाजा खान पैसा त दिन्छन् तर त्यो पैसाले स्वस्थकर खाजा खाएको छ कि छैन वास्ता नै गर्दैनन्।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्वारा प्रकाशित ‘पत्रु तथा पाेषाण खानासम्बन्धी जनचेतना अभियान’ पुस्तिकाबाट





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?