कारागारका बन्दीमा छालासम्बन्धी समस्या
कञ्चनपुर : जिल्ला कारागारमा रहेका बन्दीमा चर्मरोगको समस्या देखिएको छ। बन्दीहरूमा दाद, लुतोलगायतका चर्मरोगको समस्या देखिएको हाे।
कारागारमा क्षमताभन्दा तेब्बर बन्दी रहेका कारण कै ठाउँमा धेरै जनाले सुत्नुपर्ने भएकाले एकबाट अर्कोमा चर्म रोग फैलिएकाे अनुमान गरिएकाे छ। हालसम्म ७० जनाभन्दा बढी बन्दीमा चर्मरोगको समस्या देखिएको छ।
उपचारका लागि खटिएका स्वास्थ्यकर्मी ललिता भट्टले कारागारमा उपचारको व्यवस्था नहुँदा चर्मलगायत अन्य रोगको संक्रमण भएका कैदी बन्दीलाई महाकाली अञ्चल अस्पताल लैजानुपर्ने अवस्था रहेको प्रतिक्रिया दिइन्। कारागारका प्रमुख श्यामराज भट्टले बन्दीको उपचारका लागि प्रयास भइरहेको बताए।
कारागारमा खानेपानी र शौचालय जानका लागि लाइन लाग्नुपर्ने बन्दीहरू गुनासो गर्छन्। पुरुष ७५ र महिला २० जना गरी जम्मा ९५ जनाकाे क्षमता भए पनि बन्दी राख्ने क्षमता भए पनि अहिले कारागारमा २५० पुरुष र १८ महिला बन्दी छन्।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?