निर्माण पूरा नभएकाे अस्पताल स्वास्थ्यमन्त्रीले गरे उद्घाटन
धनुषा : उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बहिरंग विभाग भवनको काम पूरा नहुँदै जनकपुरधाम अञ्चल अस्पतालकाे उद्घाटन गरेका छन्। मन्त्री यादवले जनकपुर अञ्चल अस्पतालको बहिरंग विभाग र आकस्मिक विभागको भवन गत बिहीबार उदघाटन गरेका हुन्।
०७१ जेठ ३० गते सम्झौता गरी निर्माण सुरु गरेका प्रेरारमुन्ना र अाचार्य जेभीले अञ्चल अस्पतालको बहिरंग भवन र अकास्मिक विभागको भवन १९ करोड १२ लाख ५६ हजार ४९६ रुपैयाँमा ठेक्का लिएका थिए। ०७४ पुस मसान्तभित्र निर्माण सक्नुपर्ने भवन अझै अस्पताललाई हस्तान्तरण भएको छैन।
भवन निर्माणको १३ करोडभन्दा बढी भुक्तानी भएको र ६ करोड भुक्तानी हुन बाँकी रहेको जनकपुर अञ्चल अस्पतालका लेखा अधिकृत सुधीर साहले बताए। अस्पताल सुधारका लागि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले निर्देशन दिँदा मेडिकल सुपरीटेन्डेन्टले शक्ति देखाउन स्वास्थ्यमन्त्री यादवलाई अस्पताल ल्याएको अाराेप त्यहाँका चिकित्सकहरूले लगाएका छन्।
अस्पताल उद्घाटन गर्न मन्त्री आउने भएपछि मजदुरले भवनबाट रातारात निर्माण सामग्री हटाएका थिए ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’