जडिबुटी संकलन स्थलमा स्वास्थ्य शिविर
जाजरकोट : उच्च हिमाली भागमा जडीबुटी संकलन गर्दा आइपर्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
जिल्लाको बारेकोट गाउँपालिका– ३, ४ को चाखुरे पाटन र मुलसाम पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। जाजरकोट, जुम्ला, डोल्पाका स्थानीय सेतोचिनी लगायत जडीबुटी संकलन गर्न पाटन पुगेपछि त्यहाँ स्वास्थ्य शिविरमा राखिएको बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए।
बुधबारदेखि यहाँका दर्जन पाटनमा सेतोचिनी लगायतका जडीबुटी संकलनका लागि स्थानीयलाई अनुमति दिइएको छ। चाँखुरेपाटनमा झलक चन्दको नेतृत्वमा चार जना र मुलसामका पाटनमा जयबहादुर नेपालीको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको सिंहले जानकारी दिए।
अहिले पाटनहरूमा एक हजार ५०० भन्दा वढी संकलनकर्ता र व्यापारी पुगेको बारेकोट गाउँपालिका– ४ की वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन्। पाटनहरूमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। जडीबुटी संकलन गर्दा बिरामी हुने संकलनकर्तालाई पाटनमै उपचारको व्यवस्था गरेपछि अहिले उनीहरू खुशी छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य