ब्लड बैंक नहुँदा समस्या
बैतडी : जिल्लामा रक्त संकलन केन्द्र केन्द्र नहुँदा आकस्मिक रूपमा कुनै बिरामीलाई रगत चाहिए समस्या पर्ने गरेको छ। रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरीकै भर पर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.जगदीशचन्द्र विष्टले बताए।
शल्यक्रियाबाट सुत्केरी गराउने सेवा शुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ। रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । सेना र प्रहरी कार्यालय जाँदा पनि नपाए अन्य उपाय छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन। ‘अस्पताल पुग्नेबित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ’, डाक्टर विष्टले भने, ‘सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ।’
अस्पतालमा सेवाका लागि दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन् तर आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुने गरेकाे छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण