विभेद हटाउन प्रतिष्ठानका विद्यार्थीकाे माग
काठमाडौं : चिकित्साशास्त्रको स्नातकतर्फ पूर्ण छात्रवृत्ति तथा साझेदारीमा पढेका विद्यार्थीलाई चार वर्ष र आंशिक छात्रवृत्तिमा अध्ययन गरेकालाई दुई वर्षसम्म ग्रामीण वा दुर्गम क्षेत्रमा काम गर्नुपर्ने अनिवार्य व्यवस्था सच्याउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले माग गरेका छन्।
प्रतिष्ठान ऐनमा उल्लिखित सो व्यवस्था विद्यार्थीको वृत्ति विकासका लागि बाधक भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
छात्रवृत्तिमा अध्ययनरत तथा उतीर्ण प्रतिष्ठानका विद्यार्थीहरूको समूहले जारी गरेकाे विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य शैक्षिक संस्थाभन्दा फरक र असमान ढंगले प्रतिष्ठान ऐनमा विभेदकारी र अन्यायपूर्ण प्रावधान राखिएकाले विद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न लामो समय पर्खिनुपर्ने, व्यक्तित्व विकासमा प्रतिकूल असर पर्ने र यी कारणले गर्दा विद्यार्थीमात्रको नभएर सिंगो देशकै क्षति हुने उल्लेख छ।
चिकित्साशास्त्र अध्ययन हुने देशका अन्य संस्थामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले ग्रामीण वा दुर्गम क्षेत्रमा दुई वर्ष काम गर्नुपर्ने र आंशिक छात्रवृत्तिमा पढेकाले त्यसो गर्न अनिवार्य नरहेको व्यवस्था छ ।
छात्रहरूको समूहले प्रतिष्ठान ऐनको सो व्यवस्था परिमार्जन गरी अन्य शैक्षिक संस्थासरह बनाउन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीकाे समेत ध्यानाकर्षण गरेको छ।
मन्त्रीलाई दिइएको ज्ञापनपत्रमा पूर्ण छात्रवृत्ति पाएकै कारणले चार वर्षसम्म दुर्गम वा ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने र आंशिक छात्रवृत्ति पाएकालाई समेत दुई वर्षसम्म काम गर्नुपर्ने प्रावधान अव्यवहारिक र अवैज्ञानिक भएकाले त्यसलाई संशोधन गर्न वा अन्य सम्बद्ध ऐन ल्याई विस्थापन गर्न आग्रह गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य