दुनैमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर
डोल्पा : सदरमुकाम दुनैमा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, नाक, कान, घाँटी, आँखा, हाडजोर्नी, छाला, बालरोग,स्त्रीरोग लगायतको नि:शुल्क उपचार थालिएको हो।
जिल्ला अस्पताल, दुनैमा आयोजित शिविरमा सामान्य शल्यक्रियासमेत गरिनेछ। जिल्ला अस्पताल र एक–एक पाइला काठमाडौंको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा रक्तपरीक्षण, दन्तरोग, एचआईभी परीक्षण तथा परामर्शसमेत दिइएको छ।
शिविरमा बिरामीको घुइँचाे बढेपछि दैनिक दुई हजार जनालाई टोकन वितरण गर्ने गरिएको छ। शिविरमा सबैभन्दा बढी स्त्रीरोगका बिरामी आएको र महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको चिकित्सकले बताए।
चिकित्सकका अनुसार दुर्गम तथा ग्रामीण भेगका विपन्न नागरिकलाई गुणस्तरीय उपचार प्रदान गर्न शिविर आयोजना गरिएको एक–एक पाइलाका अध्यक्ष सुमनशमशेर थापाले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?