पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुर्इ वर्षे ‘रुमाटोलोजी’ कार्यक्रम
ललितपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो शैक्षिक सत्रदेखि ‘फेलोसिप इन क्लिनिकल रुमाटोलोजी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नेपालमै पहिलोपटक शुरु हुन लागेको यो कार्यक्रम दुई वर्षको हुनेछ। कार्यक्रमका लागि दुई जना छनोट भइसकेका छन्। आइतबार ‘ओरेन्टेसन’ शुरु हुने र नियमित कक्षा भने दशैँपछि सञ्चालन गरिने विभागीय प्रमुख प्रा.डा.बुद्धि पौडेलले जानकारी दिए।
‘हामीले यो कार्यक्रम नेपालमै पहिलोपटक ल्याएका हौँ’, डा. पौडेलले भने, ‘यसअघि भारत र चीनलगायत मुलुकमा पढेर आएकाले बिरामी हेर्थे।’ यसअघि नै रुमाटोलोजी पढाइका लागि प्रयास गरे पनि सञ्चालन हुन सकेको थिए। लामो प्रयासपछि यो कार्यक्रम शुरु गर्न लागिएको उनले बताए।
नेपालमा दिनप्रतिदिन बाथरोगी बढ्दै गए पनि यसको विशेषज्ञ थोरै भएकाले समस्या थियो। यसको पढाइ नेपालमै शुरु भएपछि हाल रहेका विशेषज्ञको भार पनि कम हुने पौडेलले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?