स्वास्थ्य केन्द्र सार्न लागेपछि स्थानीय आन्दोलित
कपिलवस्तु : उपयुक्त स्थानमा गाउँपालिकास्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै कपिलवस्तुको यशोधरा गाउँपालिकाविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन्। गाउँपालिकाको वडा नम्बर ४, परसोहिया अमलोन्हा चाेक तोकेर १५ शय्याको स्वास्थ्य केन्द्र स्थापना गर्न लागिए पनि पछि अन्यत्रै सार्ने निर्णय गरेपछि स्थानीय अान्दाेलित भएका हुन्।
राज्यको नीति तथा कानुनले पनि सबैको सजिलै पहुँच र पायक हुने स्थानमा सरकारी सेवा दिने गरी वातावरण निर्माण गरी जनताले सबै सुविधा प्राप्त गर्न सकुन् भन्ने धारणाको विपरीत गाउँपालिकाको निर्णयप्रति स्थानीय आन्दोलित भएका हुन्। गाउँपालिकाले गरेको निर्णयको सुधारको माग गर्दै स्थानीय ५०० भन्दा बढीको हस्ताक्षर गाउँपालिकाका अध्यक्ष गिरिजेशकुमार पाण्डेयसमक्ष पेश गरेका छन्।
स्वास्थ्य केन्द्र सार्ने निर्णयविरूद्ध हजरत अलि मुसलमानको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठनसमेत गरिएको छ। माग पूरा नभए आन्दोलन गर्नसमेत पछि नहट्ने संघर्ष समितिले जनाएको छ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड