स्तन क्यान्सरबारे जनचेतना जगाउन ‘पिंक क्याम्पियन’
काठमाडौं : स्तन क्यान्सरबारे जनचेतना जगाउन रोज फाउण्डेसन नेपाल र नेपाल क्यान्सर अस्पतालले संयुक्त रूपमा विभिन्न कलेजमा ‘पिंक क्याम्पियन’ जारी राखेका छन्।
अभियानअन्तर्गत बुधबार पुरानो बानेश्वरस्थित ‘साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट’ कलेजमा कार्यक्रम गरियाे। कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सर्जिकल अन्कोलोजी विभागका चिकित्सक डा.आगोनकृष्ण श्रेष्ठले स्तन क्यान्सर महिलामा मात्र नभर्इ पुरुषमा पनि हुनसक्ने भएकाले सचेत रहन सुझाव दिए।
अक्टोबर महिना स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिना भएकाले याे अभियान चलाइएकाे फाउण्डेसनका कार्यक्रम संयोजक मंयक श्रेष्ठले बताए। यो कार्यक्रम चारवटा कलेजमा भइसकेको र १५ वटा कलेजमा आयोजना गर्ने लक्ष्य रहेकाे उनकाे भनाइ छ।
गम्भीर अवस्थामा पुग्नुअघि नै रोग पत्ता लगाउने महिलाको संख्या बढाउने, ढिला रोग पत्ता लगाउने महिलाकोे संख्या घटाउने, रोगबाट बच्ने महिलाको संख्या बढाउने उद्देश्यले अभियान सञ्चालन गरेकाे बताइएकाे छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार