‘हिमालयन इपिलिप्सी वर्कसप’ सम्पन्न
काठमाडौं : इपिलिप्सी अर्थात् छारेरोगमा गर्न सकिने उत्कृष्ट उपचारबारे छलफल गर्न अन्नपूर्ण न्यूरो अस्पतालले ‘हिमालयन इपिलिप्सी वर्कसप गरेको छ। वर्कशपमा ‘हिरोसिमा युनिभर्सिटी हस्पिटल’ बाट आएका विशेषज्ञहरूले जापानमा प्रयोग गर्ने प्रविधि र ज्ञानका बारेमा नेपालका चिकित्सकहरूलाई जानकारी गराएका थिए।
छारेरोगमा धेरै खालका भ्रम रहेको र उपचार गरेमा निको हुने भन्दै अस्पतालका अध्यक्ष डा. बसन्त पन्तले याे खालको ज्ञान आदानप्रदान गर्ने कार्यक्रम गरिएको जानकारी दिए। सबै छारेरोगमा शल्यक्रिया गर्न नपर्ने तर सबै छारेरोग कस्तो खालको हो भनेर पत्ता लगाउन जाँच गर्नुपर्ने डा. पन्तले बताए ।
उनले यसको उपचारमा प्रयोग हुने भिडियो र्इर्इजीले छारेरोग कुन खालको हो र यसकाे उपचार कसरी गर्न सकिन्छ भन्ने जानकारी दिने बताए। यसमा छारेरोग भएका बिरामीकाे औषधि कम गराएर उनीहरूमा अाएकाे लक्षणअनुसार प्रत्यक्ष हेरेर उपचार हुने पन्तले बताए। छारेरोगको मूल पत्ता लगाउने आधुनिक पद्धति भिडियो र्इर्इजीबारे वर्कशपमा छलफल गरिएको थियो।
छारेरोग दिमागको कुन कुनाबाट शुरु हुन्छ भन्नेबारे यस आधुनिक मेसिनले पत्ता लगाउँछ। नेपालमा छारेरोग पत्ता लगाउने भिडियो र्इर्इजी मेसिन दुईवटा मात्र छ। मेसिन नभएको ठाउँमा बिरामीको हाउभाउ हेरी उपचार गर्ने गरिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य