कुश्मामा निजी क्षेत्रको लगानीमा पहिलो अस्पताल
पर्वत : सदरमुकाम कुश्मामा निजी क्षेत्रको लगानीमा पहिलो अस्पताल सञ्चालनमा ल्याइएको छ। निजी क्षेत्रको लगानीमा २५ शय्याकाे शान्तिदीप हस्पिटलले मंगलबारदेखि सेवा शुरु गरेको हो।
नागरिकले सरकारी लगानीमै सञ्चालित जिल्ला अस्पतालमा पर्याप्त सेवा पाउन नसकेका बेला निजी क्षेत्रले आधुनिक सुविधासहित अस्पताल सञ्चालनमा ल्याएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन्। जटिल रोगका बिरामीबाहेक बढीजसो सुविधा यसै अस्पतालमा उपलब्ध रहेको अस्पतालका प्रबन्ध निर्देशक सुनिता कुँवरले जानकारी दिइन्।
अस्पतालका अध्यक्ष दीपेन्द्र हमालका अनुसार आधुनिक ल्याब, भिडियो एक्सरे सेवा, इमर्जेन्सी सेवा, काठमाडौं र पोखराबाट आउने विशेषज्ञ डाक्टरका सेवा, मुटु जाँच, गुणस्तरीय फार्मेसी, डेन्टलसम्बन्धी सेवा प्रदान गरिने छ। जिल्लामा नै पहिलो पटक अत्याधुनिक डिजिटल प्रविधिको एक्सरे सेवासमेत सञ्चालन गरिएको बताइएको छ। ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता र छुट दिने समेत अस्पतालले जनाएको छ।
सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया सेवा पनि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ। जिल्लामा यसअघि १५ शय्याको सरकारी अस्पताल सञ्चालनमा छ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?