नैन्हीमा झाडापखालासम्बन्धी सचेतना अभियान
महोत्तरी : जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको छ।
झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो।
अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका विद्यालयमा झाडापखालाबाट बच्ने उपायसम्बन्धी प्रशिक्षण दिइरहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री