नैन्हीमा झाडापखालासम्बन्धी सचेतना अभियान
महोत्तरी : जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको छ।
झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो।
अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका विद्यालयमा झाडापखालाबाट बच्ने उपायसम्बन्धी प्रशिक्षण दिइरहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?