Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ज्येष्ठ नागरिक ३० लाख, विशेषज्ञ चिकित्सक दुर्इ जना

ज्येष्ठ नागरिक ३० लाख, विशेषज्ञ चिकित्सक दुर्इ जना

काठमाडौं : अक्टोबर १ अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस। ‘जेष्ठ नागरिकको अभियानमा जुट्नेलाई सम्मान गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

उमेर ढल्किँदै गएपछि जेष्ठ नागरिकहरुमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्छन्। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले जेष्ठ नागरिकका लागि स्वास्थ्य उपचारमा विशेष छुटको व्ब्यवस्था गरेको छ। नेपालमा जेष्ठ नागरिक ऐन २०६३ अनुसार ६० वर्ष पुगेका व्ब्यक्तिलाई जेष्ठ नागरिक मानिन्छ। नेपालमा ३० लाख जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ।

जेष्ठ नागरिकलाई यी अस्पतालले दिन्छन् छुट

जेष्ठ नागरिकको उपचारका लागि हाल सम्म आठ वटा अस्पतालमा ५० प्रतिशत छुट दिएकाे छ। काठमाडौंको वीर अस्पताल , ललितपुरको पाटन अस्पताल , धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, पोखरामास्थित गण्डकी उपक्षेत्रीय अस्पताल,भेरी अच्चल अस्पताल ,सेती अञ्चल अस्पताल ,कीर्तिपुरस्थित आयुर्वेद अस्पाल र भरतपुर अस्पताल गरी यी आठवटा अस्पतालमा जेष्ठ नागरिकको उपचार भइरहेको छ।

यीमध्ये पाटन अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी उपक्षेत्रीय अस्पतालमा विशेष वार्ड नै  स्थापना गरी बिरामीको सेवा दिने काम भइरहेको छ भने अन्य अस्पतालले जेष्ठ नागरिकलाई ‘ओपीडी’ सेवा दिइरहेका छन्। यी अस्पतालहरूमा उनीहरुले उपचार गर्दा जाँच, बेड चार्ज लगायतमा ५० प्रतिशत छुट पाउँछन्। यसैगरी यी अस्पतालले १० वटा बेड जेष्ठ नागरिकका लागि छुट्याउनुपर्छ।

नेपालमा जेष्ठ नागरिकको उपचारमा ठूलो समस्या भनेको विशेषज्ञ स्वास्थ्यकर्मी अभाव रहेकाे बताउँछन्, जेष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेल। ‘तीस लाख जेष्ठ नागरिकको रोगका लागि नेपालमा हाल दुई जना मात्र विशेषज्ञ चिकित्सक छन्’, उनले भने, त्यसमा पनि अहिले म एक्लै छु।’ भर्खरै अाएका एक चिकित्सकले काम शुरु गरिनसकेकाे उनले बताए।

‘स्वास्थ्य संस्थाहरु जेष्ठ नागरिकमैत्री हुन सकेका छैनन्’, उनले थपे, ‘जेष्ठ नागरिकको लागि बेड पुगेको छैन । देशैभरी गरी जम्मा ८० वटा बेडमात्र छुटमा छन्। यी भन्दा बाहेकले पैसा तिरेर उपचार गराउनुपर्छ।’

पाटन अस्पातलमा १० मात्रै वटा शय्या भए पनि दैनिक १०० जना भन्दा बढी ज्येष्ठ नागरिक अाउने गरेकाे उनले बताए। ‘अरुलाई पैसा तिर्नुपर्ने बेडमा भर्ना गराउन बाध्य छाैँ’, डा रमेशले भने। घरपरिवारले जेष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा नराखेका कारण उनीहरूकाे स्वास्थ्यमा समस्या अाउने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार