नेपालमा बन्दैन खाेप, एक शिशुलाई लाग्छ ३० हजार रूपैयाँ
दाङ : एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि सबै प्रकारका खोप लगाउन करिब ३० हजार रुपैयाँ खर्च हुने गरेको छ।
बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्छ। जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप नेपालमा बन्दैनन्। अधिकांश खोप छिमेकी देश भारत तथा अन्य मुलुकबाट ल्याउनुपर्छ। शिशुलाई लगाइने ती खोपको हिफाजत पनि उत्तिकै मात्रामा गर्नुपर्ने भएकाले कार्यालयले जिल्लाका विभिन्न स्थानमा खोप भण्डारण केन्द्र समेत स्थापना गरेको छ।
एउटा खोपको न्यूनत मूल्य ११२ देखि एक हजार ८५० रूपैयाँसम्म पर्छ। शिशुलाई लगाइने खोप किनेको मूल्य जोड्दा पाँच हजार पुग्छ। ‘पूर्ण खोप लगाउन प्रयोग गर्ने भौतिक सरसामान र मानवीय श्रमसहित लाग्ने सबै खर्च जोड्दा भने एउटा बच्चालाई पूर्ण खोप लगाउन ३० हजार खर्च हुन्छ’, कार्यालका खोप सुपरभाइजर सुनिता पण्डितले भनिन्।
हाल सरकारले क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, इन्फुलुञ्जा बी निमोनिया, पोलियो, दादुरा रुबेला र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य