विद्यालयका छात्रालार्इ सेनिटरी प्याड
अछाम : विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउन चौरपाटी गाउँपालिकाका–२ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ।
वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राजु गुरुङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो। विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको छ।
महिनावारी हुँदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर व्यक्तिगत रूपमा प्याड उपलब्ध गराएको डा गुरुङले बताए। विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने बेला आएको बताए।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?