परिवार नियोजन सम्बन्धी क्षेत्रीय बैठक शुरु
काठमाडाैं : प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी क्षेत्रीय बैठक शुरु भएको छ। साेमबार शुरु भएको चार दिने बैठकमा नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनामलगायत १३ देशका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत विज्ञको सहभागिता छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीए द्वारा संयुक्त रूपमा आयोजित याे बैठकमा सन् २०१२ को बेलायतमा सम्पन्न परिवार नियोजनसम्बन्धी सम्मेलनमा गरिएका प्रतिबद्धता के कति पूरा भयो, के कति बाँकी छन् भन्ने विषयमा समीक्षा गरिने बताइएकाे छ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड