परिवार नियोजन सम्बन्धी क्षेत्रीय बैठक शुरु

काठमाडाैं : प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी क्षेत्रीय बैठक शुरु भएको छ। साेमबार शुरु भएको चार दिने बैठकमा नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनामलगायत १३ देशका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत विज्ञको सहभागिता छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीए द्वारा संयुक्त रूपमा आयोजित याे बैठकमा सन् २०१२ को बेलायतमा सम्पन्न परिवार नियोजनसम्बन्धी सम्मेलनमा गरिएका प्रतिबद्धता के कति पूरा भयो, के कति बाँकी छन् भन्ने विषयमा समीक्षा गरिने बताइएकाे छ।
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै