क्यान्सरविरूद्ध दाैड
ललितपुर : क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले नेपाल क्यान्सर सपोर्ट समूह ,नेपाल क्यान्सर अस्पताल र सहयोगी संस्थाहरूको संयुक्त आयोजनामा दौड कार्यक्रम गरिएको छ। ‘रन अगेन्स्ट क्यान्सर’ नाम दिइएको दाैडबाट प्राप्त भएको रकम क्यान्सर बिरामीका लािग खर्च गरिने आयोजकले बताएका छन्।
शनिवार आयोजित दौडमा भाग लिने प्रतिव्यक्तिसँग सहयोग स्वरुप ५०० रुपैयाँ लिइएको थियो। जसमा उनीहरुले टिसर्ट पाउनेछन् । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालबाट शुरु भएको दौड पाँच किलोमिटर घुमेर पुनः अस्पतालमै आएर टुंगिएको थियो। कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठलगायत चिकित्सक, कर्मचारी र क्यान्सरमुक्त भएकाहरू सहभागी थिए।
‘दौडले क्यान्सरबारे जनचेतना जगाउने मात्र होइन। यसबाट उठेको पैसाले उपचार गराउन नसक्ने बिरामीका लागि ठूलो सहयोग पुग्ने भएकाले दाैड अायाेजना गरिएको हो’, क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष समेत रहेका डा.श्रेष्ठले भने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’