सानीभेरी गाउँपालिकामा आधुनिक ल्याब र एक्सरे सेवा
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ। ल्याब र एक्स–रे सेवा प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले शनिबार उद्घाटन गरे।
चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको शर्माले बताए। ‘हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ’, उनले भने, ‘अब यहाँका नागरिकले ल्याब र एक्सरे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।’
गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको १५ लाख रूपैयाँबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?