ब्याक्टेरिया र कोलिफर्मका कारण नैन्हीमा झाडापखाला
महोत्तरी : पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्मका कारण जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा तीन सातादेखि झाडापखाला फैलिएको पत्ता लागेको छ।
नैन्ही गाउँका मुस्लिम बस्तीमा स्थानीयवासी प्रभावित हुने गरी फैलिएको झाडापखालाको कारण खाेज्न जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाएकाे थियाे। ल्याब परीक्षणका क्रममा स्थानीयवासीले पिउने पानीको एउटै स्रोत चापाकलमा दिसा मिसिएको पाइयाे।
त्यहाँका बासिन्दालार्इ त्याे चापाकलबाट पानी नखान र अन्य स्रोत खोजेर खान सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।
नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखाला शुरु भएर ३०० जनाभन्दा बढी मानिसमा फैलिएको थियो भने एक बालिका र एक वृद्धाकाे मृत्यु भएको थियो । अहिले त्यहाँको पखाला नियन्त्रणमा आएको र स्वास्थ्य शिविर सञ्चालनमा राखेर बिरामीको उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख राजीव झाले जानकारी दिए।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य