‘युवा अवस्थामै स्वास्थ्यकाे ख्याल गर्नुस्’
काठमाडाैं : पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका गरेका छन्। विश्व मुटु दिवसका अवसरमा आयोजित ‘गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछिको कार्यक्रममा थापाले खानपान र जीवनशैलीमा ध्यान दिन अग्रह गरेका हुन्।
उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ। ‘नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त छन्’, उनले भने, ‘तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफ्नैकाे हो।’
थापाले मुलुकको समृद्धिकाे यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने तर्क गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?