ग्रान्डीमा सुनाइयाे मुटु जोगाउन अपनाएका अनुभव
काठमाडाैं : मुटुरोगबारे जनचेतना फैलाउन ग्रान्डी इन्टरनेशनल हस्पिटलले विभिन्र क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया गरेको छ। सरकारी उच्च पदमा रहेकाहरू, चिकित्सक तथा सेलिब्रेटीले ‘मुटु जोगाउन अपनाउने उपायकाे अनुभव साटासाट गर्न शनिवार अस्पताल परिसरमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि थिए। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, समाजसेवी सृजना राणा, हाडजोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे लगायतले आफ्नो मुटु जोगाउन अपनाएका अनुभव साटे।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले धेरै नेपाली मुटुरोगको जोखिममा रहेकाले यसबाट बच्न बेलैमा सचेत हुन आग्रह गरे। नियमित व्यायाम गर्ने, चुरोट, मदिरा नलिने र खानपानमा ध्यान दिन उनले सुझाव दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य