गुल्मीमा दुई दिने मुटु शिविर
गुल्मी : विश्व मुटु दिवसको अवसर पारेर गुल्मीको सदरमुकाम तम्घासमा दुई दिने मुटु शिविर शुरु भएको छ। लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा शिविर गरिएको हो।
पहिलो बृहत शिविरमा दुई हजार भन्दा बढीको मुटु परीक्षण गर्ने र उनीहरूलाई आवश्यक सेवा दिने लक्ष्य लिएको आयोजकले जनाएकाे छ।
उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीलगायत ३० जना विशेषज्ञ सहभागी छन्।
शुक्रबारबाटै शिविर शुरु भए पनि औपचारिक उद्घाटन भने गृहमन्त्री रामबहादुर थापाले शनिबार गर्ने कार्यक्रम छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?