डा.केसीले मागे शिक्षामन्त्रीकाे राजीनामा
काठमाडौं : डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध पुर्याएको भन्दै शुक्रबार पत्रकार सम्मेलन गरी डा.केसीले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन्।
‘अध्यादेशलार्इ तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्ने र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रूपमा अशोभनीय छ’, केसीले विज्ञप्तिमा भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले आफूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनले बताएका छन्। बृहत्तर जनहितका नीति नियम बनाउन अझै पनि आफूले लडेर बनाउन बाध्य बनाउनुपर्ने अवस्था अाउनु लज्जाजनक भएको केसीको भनाइ छ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई राष्ट्रपतिले मानपदवी दिएकोमा समेत डा.केसीले आपत्ति जनाएका छन्।
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक