दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी
जुम्ला : सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्नुपर्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन। स्वास्थ्य संस्था दिउँसै बन्द हुने यहाँको परम्परा नै बनेकाे छ।
तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै कार्यालय समयसम्म नखुल्ने ढिमकोटका स्थानीय बासिन्दा गोर्ख शाहीले बताए। कार्यालयमा एउटै मात्र कर्मचारी रहेका र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको उनको भनाइ छ।
सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेकोस्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय बताउँन्। छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य