बिरामी बाेक्न ‘स्ट्रेचर’कै भर
जुम्ला : हिमाली जिल्ला जुम्लामा अझै पनि ‘स्ट्रेचर’को विकल्प हटेको छैन। भौगोलिक रूपमा विकट भएका कारण पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका बासिन्दाले बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने र ल्याउने गर्दै आएका छन्।
स्थानीय तहले थुप्रो रकम खर्च गरी डोजर लगाएर सडक खने पनि स्ट्रेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ। लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाको समस्या टार्न नसकेको स्थानीय पूर्णबहादुर बुढाले बताए।
उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ। बिरामी मात्र नभर्इ दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चड प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ।
पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ। उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको २५ लाख बजेटमा २३ लाख रुपैयाँ खर्च भइसकेको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षामा पहिरोले सडक क्षतिग्रस्त बनाएका कारणअहिले सवारी साधन बन्द छन्। पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको उनकाे भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?