विश्व मुटु दिवसको अवसरमा प्रभातफेरी
काठमाडौं : विश्व मुटु दिवसको अवसर पारेर नर्भिक अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ।
प्रभातफेरीमा नर्भिक अस्पतालका मुटुरोग विभागका प्रमुख प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञ, कर्मचारी, मुटुरोगको उपचार गराएकाहरूकाे सहभागिता थियाे।
प्रभातफेरी बिहान ७ अस्पताल प्राङ्गणबाट सुरु भई बबरमहल, अनामनगर, थापागाउँ, मध्यबानेश्वर, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो। मुटुराेगबारे जनचेतना जगाउन विविध कार्यक्रम गर्दै अाएकाे अस्पतालका मुटुराेग विभागका प्रमुख भट्टले जानकारी दिए।
विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि सेप्टेम्बर २९ मा मुटुरोग दिवस मनाउन थालिएकाे हाे। विश्व मुटु महासंघका अनुसार विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा यो दिवस मनाइन्छ।
महासंघले सन् २००५ मा निकालेकाे तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड ७५ लाखभन्दा बढी मानिसहरूले मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य