हाेचापुड्काले १५२ संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा पाउने
काठमाडौं : होचापुड्का अपांगता भएकाहरूले अब देशभरका विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा पाउने भएका छन्।
नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघबीच भएको सम्झौताअनुसार होचापुड्का अपांगता भएकाहरूले मेडिकल व्यवसायी संघमा आबद्ध १५२ स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण सुविधा छन्।
सम्झौतापत्रमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मी र होचापुड्का संघका अध्यक्ष निर्मल मक्रान्तिले हस्ताक्षर गरे। होचापुड्का व्यक्तिहरूले नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिएर गए स्वास्थ्यसंस्थामा निःशुल्क परीक्षण सेवा पाउने संघका महासचिव लेखबहादुर मोक्तानले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण