डा. केसी फेरि अनशन बस्ने
काठमाडौं : डा.गोविन्द केसीले १६औं पटक अनशन बस्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमति तोडेको भन्दै अनशन बस्न लागेका हुन्।
केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए अनशन बस्ने बताएका छन्। ‘संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउनेलगायत माग राखी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुनेछु’, विज्ञप्तिमा भनिएको छ। संसद्को बर्खे अधिवेशन बिहीबार नै अन्त्य हुँदैछ।
केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन बनेको आरोप लगाएका छन्। सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर नेता र माफियाको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेको भन्दै दुई महिनाअघि पनि अनशन बसेको स्मरण गराउँदै केसीले अझै पनि माफियाको स्वार्थ पूरा गर्ने खेल भए फेरि पनि अनशन बस्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण