२५ शय्याकाे अस्पताल सञ्चालन
रुकुम : पश्चिम रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले वडा नम्बर ९ राडीबजारमा मा विभिन्न सेवासहित अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थापनाका लागि हालसम्म एक करोड रुपैयाँभन्दा बढी खर्च भएको नगरपालिकाले जनाएको छ।
अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसूतिसहितका सेवा उपलब्ध हुने नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ ।
अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?