‘बीपी क्यान्सर अस्पताललाई अनुसन्धान केन्द्र बनाअाैँ’
चितवन : सभामुख कृष्णबहादुर महराले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्र बनाउनुपर्ने बताएका छन्।
अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको मात्र नभएर अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रूपमा विकास गर्नुपर्ने धारणा राखे।
‘अस्पतालमा उपचारसँगै अध्ययन अनुसन्धान, पठनपाठनसमेत गराउनुपर्छ’, उनले भने, ‘सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पतालको विकास गर्नुपर्छ।’ कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए।
अस्पताललाई उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा.प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेलगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।
२०५७ असोज १० गतेदेखि सञ्चालनमा आएको अस्पतालमा हाल ४५० शय्या छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य