अझै पनि ५८ प्रतिशत महिला गराउँछन् असुक्षित गर्भपतन
काठमाडौं : ‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नारासहित चौथो सुरक्षित गर्भपतन दिवस मनाइएको छ। सुरक्षित गर्भपतन दिवसको अवसर पारेर बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल चलाएको हो।
कार्यक्रममा नेपालमा अझै पनि ५८ प्रतिशत महिलाले असुक्षित गर्भपतन गर्न बाध्य भएको भन्दै यसबारे जनचेतना र सेवा विस्तार गर्न पर्नेमा जोड दिए।
स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले एक दिन शहरकेन्द्रित दिवस मनाएर नहुने भन्दै गाउँगाउँसम्म सुरक्षित गर्भपतनबारे चर्चा गर्नुपर्ने धारणा राखे। स्वास्थ्यसचिव डा.पुष्पा चौधरीले मातृस्वास्थ्य सुधारमा नेपालले प्रगति गरेको भए अझै धेरै काम गर्न बाँकी रहेको बताइन्।
कार्यक्रममा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण