जनस्वास्थ्य संघको निर्वाचन : प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने
काठमाडौं : नेपाल जनस्वास्थ्य संघको नयाँ नेतृत्वका लागि नेपाल जनस्वास्थ्यकर्मी संघ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
प्रजातान्त्रिक समूहको नेतृत्व श्रीकृष्ण भट्ट र प्रगतिशील समूहको नेतृत्व डा.मोहनकृष्ण श्रेष्ठले गरेका छन्। संघअन्तर्गत हाल करिब एक हजार ६०० सदस्य छन्।
प्रजातान्त्रिक समूहबाट महेश्वर श्रेष्ठ महासचिव, विनोद जोशी कोषाध्यक्ष र रामानन्द पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन्। प्रगतिशील समूहमा सुदर्शन पौडेल उपाध्यक्ष, चित्रजंग शाही महासचिव, रमेश भट्ट कोषाध्यक्ष दीपेन्द्र खड्का चुनावी मैदानमा छन्।
यही असोज १३ गते हुने निर्वाचन सातवटै प्रदेशका प्रदेशमुकाम र काठमाडौँमा तय गरिएको छ। हाल देशभर १६ वटा शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ। यसबाट बर्सेनि एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्छन्।
संघमा याे पहिलाेपटक निर्वाचन हुन लागेकाे हाे । यसअघि सहमतिमा नेतृत्व चुनिँदै अाएकाे थियाे।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य