मदिराकै कारण ज्यान गुमाउँछन् बर्सेनि ३० लाख मानिस
जेनेभा : मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाख भन्दा बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ। यो सङ्ख्या विश्वभर एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरूको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक वर्ष २० जनामध्ये एकको मृत्यु मदिराका कारण हुने गरेको उल्लेख गरेको छ। मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरूको सङ्ख्या यसमा जोडिएको छ।
झण्डै पाँच सय पृष्ठ लामो प्रतिवेदनमा मृत्यु भएकामध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुने गरेको पाइएको उल्लेख छ।
एजेन्सी





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?