नेपाल क्यान्सर अस्पतालमा दोस्रो ‘क्यान्सर सर्भाइभर मिट’
काठमाडौं : नेपाल क्यान्सर अस्पतालले दोस्रो ‘क्यान्सर सर्भाइभर मिट’ गरेको छ। सोमबार अस्पतालमा भएको कार्यक्रममा रक्त क्यान्सर र प्रोस्टेट क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया गएिको हो।
क्यान्सरका बिरामी उपचारपछि निको भएर खुलेर बाहिर आउँदा अन्य बिरामीलाई आत्मबल बढ्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। ‘हामीकहाँ क्यान्सरबारे अझै खुलेर कुरा गरिँदैन। त्यसैले हामीले बिरामी भेला पारेर उनीहरुबीच नै अन्तरक्रिया गर्ने जमर्को गरेका हाैँ’, उनले भनिन्, ‘यो फरक फरक क्यान्सरका बिरामी भेला पारेर प्रत्येक महिना सर्भाइभर मिट गर्ने गरेका हौँ।’
‘क्यान्सर रोगबारे खुलेर कुरा गराैँ र क्यान्सर रोगीलाई सहयोग गरौँ’ भन्दै शुरु गरिएको कार्यक्रम नेपाल क्यान्सर सपोर्ट ग्रुप र अस्पताल मिलेर आयोजना गरेका हुन्। अस्पतालले प्रोस्टेटको क्यान्सरबाट निधन भएका केशवमान अमात्यको स्मृतिमा सोमबारको कार्यक्रम समर्पित गरेको थियो।
‘क्यान्सर लाग्दैमा लुकेर बस्नुपर्दैन’, क्यान्सर सर्भाइभर शान्ति रिजालले भनिन्, ‘रोगले भन्दा बढी डरले गाल्ने रहेछ। त्यसैले उपचारसँगै आत्मबल बलियो बनाउनुपर्छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण