जापानद्वारा त्रिवि शिक्षण अस्पताललार्इ ७२ कराेडकाे उपकरण सहयाेग
काठमाडौं : जापानले त्रिवि शिक्षण अस्पताल महराजगञ्जलाई विभिन्न अत्याधुनिक उपकरण प्रदान गरेको छ।
अस्पतालमा सोमबार आयोजित कार्यक्रममा जापानी राजदूत मासामिची साइगो र जाइका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले अस्पताललाई उपकरण हस्तान्तरण गरेका हुन्।
जापानले जाइकामार्फत शिक्षण अस्पताललाई भेन्टिलेटर, एनेसथेसिया मेसिन, डिजिटल म्यामोग्राम, भिडियो अर्थोस्कोपी र अल्ट्रासोनोग्राफ, एमअारअार्इ मेसिन लगायत ५३ वटा उपकरण उपलब्ध गराएको हो। यी उपकरणकाे मूल्य ७२ कराेड रूपैयाँ पर्ने अस्पतालका सूचना तथा प्रविधि शाखा प्रमुख कुमार केसीले जानकारी दिए।
कायर्क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जापानबाट प्राप्त उपकरणले अस्पतालको सेवा चुस्त दुरुस्त राख्न सहयोग पुग्ने बताए। नेपालका लागि जापानी राजदूत साइगोले जापान सरकार नेपाललाई जहिले पनि सहयोग गर्न तयार रहेको बताए।








नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?