अञ्चल अस्पतालमा दरबन्दी १३, कार्यरत दुर्इ, मेसु बन्छन् सबै विषयकाे विज्ञ
बाग्लुङ : धौलागिरी अञ्चल अस्पतालमा १३ विशेषज्ञसहित २३ जना डाक्टरको दरबन्दी छ तर, दुई जना मात्र विशेषज्ञ डाक्टर छन्। अस्पतालमा हाल केही मेडिकल अधिकृत र ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) छन्।
विशेषज्ञ नभए पनि मेडिकल सुपरिटेन्डेन्ट डा.सागरकुमार राजभण्डारीलाई सबै प्रकारको विज्ञ बन्न बाध्यता छ। त्यसमा पनि दैनिक आउने प्रसूति सेवालाई प्रभावकारी बनाउन बाध्यता बढी छ। अप्रेसन पनि उनैले गर्नुपर्छ। अस्पतालमा दैनिक दुई देखि चारजनासम्मको अप्रेसन हुन्छ। त्यसमा राजभण्डारी नै खटिनुपर्ने हुन्छ।
प्रमुख कन्सल्ट्यान्टको रूपमा मेसु भएका राजभण्डारीले त्यतिले मात्र सुख नपाएर रेडियोलोजिस्ट, बालरोग, फिजिसियन र हाडजोर्नी, नाक कान घाँटीको पनि काम गर्दै आएका छन्। मागेको दरबन्दी नपाएपछि यी सबै काम गर्नुपर्ने बाध्यता रहेको राजभण्डारी सुनाउँछन्।
बाग्लुङ–पोखरा राजमार्ग बन्दै गरेकाले त्यस क्षेत्रबाट पोखरा पुग्न पाँच घण्टा लाग्छ। त्यसैले तत्काल अप्रेसन गर्नुपर्ने बिरामीको ज्यान जाने सम्भावना हुने भएकाले अप्रेसन गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। उनले पटक पटक मन्त्रालयमा दरबन्दी अनुसारका डाक्टर र विशेषज्ञ माग गरेको बताए।
केही समयदेखि अस्पताल विकास समिति पनि खारेज भएको छ। नयाँ समिति बनेको छैन। व्यवस्थापकीय कामका लागि चिकित्सकहरुकै टोलीले सामाजिक अगुवाको सल्लाहमा काम गरिरहेका छन्। अस्पतालमा रेडियोलोजिष्ट र नाक कान घाँटीको मात्र विज्ञ आएका छन्। प्रसूति विभागकी डा. अस्मिता पाठक समेत आफैं सुत्केरी बिदामा छिन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण