प्रसूतिकाे ‘स्याटेलाइट क्लिनिक’
काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीमा ‘स्याटेलाइट क्लिनिक’ सञ्चालनमा ल्याएको छ।
ललितपुर जिल्लाका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले भैँसेपाटीमा स्याटेलाइट क्लिनिक सञ्चालनमा ल्याएको हो। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. जागेश्वर गौतमले देशकै एक मात्र महिला तथा प्रसूतिसम्बन्धी सरकारी अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न स्याटेलाइट क्लिनिक शुरु गरिएको जानकारी दिए।
ओपीडी सेवा मात्र सञ्चालन हुने क्लिनिकमा दैनिक ५० जनासम्मले सेवा लिने गरेका छन्।
अस्पतालका अनुसार स्याटेलाइट क्लिनिकमा स्त्री तथा प्रसूति, बालरोग, रेडियोलोजी सेवा, अल्ट्रासाउण्ड, ल्याब परीक्षण लगायत सुविधा छन् । क्लिनिकमा चिकित्सक, नर्स, ल्याब टेक्निसिएन लगायत १० स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेको गाैतमले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण