Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

काठमाडाैं : दाङको राप्ती उपक्षेत्रीय अस्पताल अब स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ। स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पतालकाे अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गरिने भएको हो। आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो।

नेपाल पत्रकार महासङ्घ, नागरिक समाज दाङ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेल, उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.जनार्दन पन्थीसहितको सर्वदलीय सर्वपक्षीय बैठकले यही असोज १२ गतेभित्र अस्पताल हस्तान्तरणका काम सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपक्षेत्रीय अस्पतालको सम्पूर्ण दायित्व र सम्पत्तिसहित समाहित गर्न  कार्यक्रम गरेर हस्तान्तरण गर्ने र प्रतिष्ठान मातहत अस्पताल हस्तान्तरण भए पछि त्यसको स्वास्थ्य अवस्था थप मजबुत बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि