भिडियो एक्सरे मेसिन सहयोग
बागलुङ : जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मसिन सहयोग गरिएको छ।
गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित र सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताए।
भिडियो एक्सरे नहुँदा यहाँका धेरै गर्भवतीले सास्ती खेपेका थिए। वर्षातको समयमा जीर्ण र हिलाम्मे सडकको यात्रा गर्दै सदरमुकाम पुग्न बाध्य थिए। ‘वर्षभरिमा धेरै सुत्केरी गराउने स्वास्थ्य चौकी भएकाले सामान्य परीक्षण गर्न सदरमुकाम धाउने समस्या हटाउन सकियोस् भनेर सहयोग जुटायौँ’, उनले भने।
मेसिनले गलकोट क्षेत्रका जनताको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?