Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भिडियो एक्सरे मेसिन सहयोग

भिडियो एक्सरे मेसिन सहयोग

बागलुङ : जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मसिन सहयोग गरिएको छ।

गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित र सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताए।

भिडियो एक्सरे नहुँदा यहाँका धेरै गर्भवतीले सास्ती खेपेका थिए। वर्षातको समयमा जीर्ण र हिलाम्मे सडकको यात्रा गर्दै सदरमुकाम पुग्न बाध्य थिए। ‘वर्षभरिमा धेरै सुत्केरी गराउने स्वास्थ्य चौकी भएकाले सामान्य परीक्षण गर्न सदरमुकाम धाउने समस्या हटाउन सकियोस् भनेर सहयोग जुटायौँ’, उनले भने।

मेसिनले गलकोट क्षेत्रका जनताको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन