बालककाे मृत्युपछि अस्पतालमा ताेडफाेड
राजविराज : जीवित बालकलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड गरिएको छ।
शनिबार सर्पले डसेपछि रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका छोरा ढेड वर्षीय अरब साहलाई उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षण कक्षमा राखिदिएका थिए। जिउँदै रहेकाे बच्चालार्इ मृत घाेषणा गरेकाे भन्दै आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन्।
बालकलार्इ शनिबार दिउँसाे सर्पले डसेकाे थियाे धामीको झारफुकपछि पनि बच्चा निको नभएपछि साँझ साढे ७ बजे रुपनी–राजविराज सडक खण्डको रायपुरमा रहेको युनिक अस्पतालमा पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। आफन्तले बालक जिउँदै रहेकाे दाबी गर्दै भन्दै बेलुकी ८ बजे गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्याएका थिए। बच्चालाई अञ्चल अस्पतालमा ल्याउने बित्तिकै परीक्षण गरेका डाक्टर प्रमोदकुमार यादवले अस्पताल ल्याउनुअघि नै बच्चाको मृत्यु भइसकेको बताएका थिए।
मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल आएर तोडफोड गर्दै नाराबाजीसमेत गरेका थिए। तोडफोड र नाराबाजीका कारण अस्पतालको आकस्मिक कक्षको सेवा पूर्णतः प्रभावित भएको थियो।
जिउँदै भनिएका बालकलाई उपचारका लागि सिरहाको चोहर्बास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिए पनि त्यहाँ पनि मृत घोषणा गरिएको थियाे।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य