उपचारका क्रममा ७१ बालबालिकाको मृत्यु

बहराइच (भारत) : भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती शहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ।
अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टि गरे। ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो’, उनले भने।
सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको उनले बताए।भने, ‘हामीसँग अहिले २०० शय्या छ तर, ४५० भन्दा बढी बिरामी भर्ना हुन्छन्।’
गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो।
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै