Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चार वधशालामा सरकारी सिल

चार वधशालामा सरकारी सिल

काठमाडौं : अस्वस्थकर मासु तयार गर्ने ललितपुरका चार वटामा वधशालामा सरकारले प्रतिबन्ध लगाएकाे छ।

कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहान वधशालाको स्थलगत अनुगमन गर्ने क्रममा चार वटा सिलबन्दी गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले स्वास्थ्यका लागि उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए ।

आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका वधशालामा शिलबन्दी गरिएको हाे। लक्ष्मी मिट सपलाई भने सचेत गराइएको छ। अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो। त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो।

अनुगमन गरिएका पाँचमध्ये न्यूनतम मापदण्ड पूरा नगर्ने चार वटामा शिलबन्दी गरिएको र एउटालाई सचेत गराइएको कृषिमन्त्री चक्रपाणि खनालका प्रेस संयोजक बाेमलाल गिरीले जानकारी दिए।

काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि